 
	    काठमाडौं । भारतको महाराष्ट्रमा सत्तारुढ दल शिवसेनामा विभाजन आएपछि सरकार परिवर्तन भएकाे छ ।
पार्टीमा विद्रोह गरेर बहुमत सांसदको समर्थन जुटाएका शिवसेना नेता एकनाथ शिंदे भारतीय जनता पार्टी भाजपाको समर्थनमा मुख्यमन्त्री बन्नुभएको हाे। यसअघि शिवसेनाका प्रमुख उद्धव ठाकरेले कंग्रेसको समर्थनमा सरकार चलाइरहनुभएको थियो । पार्टीका बहुमत सांसदले साथ छाडेपछि ठाकरेले बुधबार बेलुका राज्यपालसमक्ष राजीनामा बुझाउनुभएको थियो । विधानसभामा विश्वासको मत लिनुपर्ने भएपछि ठाकरेले राजीनामा दिुनभएको हो ।
पछिल्लो ११ दिनदेखि महाराष्ट्रमा राजनीतिक उथलपुथल चलिरहेको छ । शिवसेनाका नेता शिंदेले पार्टीको ५६ जना विधायकमध्ये ३९ जनाको समर्थन प्राप्त गर्नुभएको छ । उहाँ केही दिनदेखि आफ्ना समर्थक विधायकसहित आसामको गुवाहाटीमा बसिरहनुभएको छ । ठाकरेको राजीनामापछि भाजपा र शिंदे गुट एक ठाउँमा आएको हो ।
भाजपाले समर्थन गरेपछि शिंदेले बहुमत विधायकहरूको साथ आफूसमक्ष रहेको भन्दै राज्यपाल भगतसिंह कोश्यारीसमक्ष सरकारको दावी गर्नुभएको थियो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्