१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


सुरू भयो राजनीतिक खेलः मुख्यमन्त्री हछाउन दलैपिच्छे हस्ताक्षर संकलन


338
Shares

काठमाडौं । बजेट पास भएलगत्तै बागमती प्रदेशमा सत्ता परिवर्तनको खेल सुरू भएको छ । यसका लागि दलहरुले बेग्लाबेग्लै हस्ताक्षर संकलन थालेका हुन् ।

मुख्यमन्त्रीलाई दबाब दिन हाल माओवादी र कांग्रेसबाट मन्त्रिपरिषद्मा सहभागी मन्त्री तथा राज्यमन्त्री फिर्ता बोलाउने तयारी गरिएको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई हटाएर नेपाली कांग्रेसका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँलाई मुख्यमन्त्री बनाउने विषयमा सत्तारुढ दलहरुबीच छलफल भएको छ ।

सत्तारुढ दलका संसदीय दलका नेताहरु, मुख्यमन्त्री पाण्डेबीच छलफल भएको हो ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।