
काठमाडौं । अवरुद्ध भएको बुटवल–नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ ।
बाढीले सडकको डाइभर्सन बगाउँदा बुधबार बिहानैदेखि बुटवल–नारायणगढ सडकखण्ड अवरुद्ध भएको थियो । नवलपुरको मध्यविन्दू नगरपालिकामा डाइभर्सन बगाएको स्थानमा नयाँ डाइभर्सन निर्माण गरेपछि सडकखण्ड बिहीबार बिहानदेखि सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।
मगंलबारदेखि परेको अविरल वर्षाका कारण स्थानीय खोलाहरूमा आएको बाढीले सडक स्तरोन्नतीका क्रममा बनाइएका डाइभर्सनहरू बगाएको छ ।
प्रतिक्रिया दिनुहोस्