Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


सधैं मलको हाहाकार, ४५ अर्बको धान चामल आयात


26
Shares

काठमाडौं । हरेक १५ असारमा मनाइने राष्ट्रिय धान दिवस बुधबार पनि विगतका वर्षझैं देशका विभिन्न ठाउँमा धान रोपाइँ गरेर मनाइयो । तर, कृषिप्रधान मुलुकमा सधैं मलको हाहाकार हुँदा वास्तविक किसानले भने अझै पनि आफ्नो खेतमा रोपाइँ सम्पन्न गर्न सकेका छैनन् ।

सरकारले २०६१ देखि हरेक वर्ष १५ असारको दिनलाई राष्ट्रिय धान दिवसको रूपमा मनाउँदै आएको छ । धान दिवस मनाउने सरकारले किसानलाई समयमा नै मलको जोहो गर्न नसक्दा भने किसानले मानो रोपेर मुरी फलाउने अवसर पाएका छैनन् ।

यो दिनमा सरकारका उच्च पदाधिकारीदेखि, विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू र सम्बन्धित सरोकारवालाले देशभर आ–आफ्ना ठाउँमा हिलो खेल्दै धान रोपाइँ गरी हिलोमा रमाएको फोटोले सामाजिक सञ्जाल पूरै रंगिए पनि धुमधामका साथ मनाइएको धान दिवस उपलब्धिमूलक देखिएको छैन ।

यदि यो दिवस नारामै सीमित नभएको भए कृषिप्रधान देशमा दैनिक धान र चामलको आयातमा मात्रै अर्बौं रुपैयाँ बाहिर पठाउनुपर्दैनथ्यो । चालू आर्थिक वर्ष २०७८/७९ को बितेका ११ महिना गत जेठ मसान्तसम्मको अवधिसम्ममा मात्रै मुलुक ४५ अर्ब २९ करोड ७५ लाख २६ हजार रुपैयाँभन्दा धेरैको चामल र धान आयात गर्न बाध्य भयो ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।