Logo २० असार २०८३, शनिबार | Sat Jul 4 2026


नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु


0
Shares

काठमाडौं, वैशाख १७ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

विवादस्पद दुई अध्यादेश प्रकरणपछि चर्किएको विवाद समाधानका लागि सचिवालय बैठक बसेको हो ।

पार्टीमा छलफल नगरी वैशाख ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजन र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि नेकपामा विवाद चर्किएको छ ।

अर्का अध्यक्ष पुष्पकमल दाहालसहित नेकपाका बहुमत सचिवालय सदस्यहरुले तत्काल अध्यादेश फिर्ता लिन २४ घन्टे ‘अल्टिमेटम’ दिएपछि प्रधानमन्त्री ओलीले अध्यादेशहरु खारेज गराएपनि विवाद साम्य हुन सकेको छैन ।

९ सदस्यीय सचिवालयमा प्रधानमन्त्री ओलीको विपक्षमा भारी बहुमत छ ।

सचिवालयबाट पनि विवाद समाधानको बाटो ननिस्के स्थायी समिति बैठक र केन्द्रीय समितिसम्म विवाद पुग्नसक्ने छ ।