१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


विद्यालय र स्वास्थ्य चौकीलाई आधा शुल्कमा इन्टरनेट


65
Shares

काठमाडौं । १४ असार सरकारले सामुदायिक विद्यालय र स्वास्थ्य चौकीलाई ५० प्रतिशत छुटमा इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ ।

आगामी आर्थिक वर्षदेखि सामुदायिक माध्यामिक विद्यालय र सामुदायिक अस्पतालका रुपमा प्रयोग हुने इनटरनेटको न्यूनतम महसुलमा ५० प्रतिशत अनुदान दिइने सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

म्रँत्री कार्कीका अनुसार सामुदायिक विद्यालयमा सुचना प्रविधिको माध्यामबाट अध्ययन अध्यापन गराउन तथा स्वास्थ्य चौकीमा टेलिमेडिसिन सेवाका लागि यस्तो व्यवस्था गर्न लागिएको हो ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।