Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


जुटाउने नाममा फेरि फुट


2.1k
Shares

काठमाडौं । पुराना कम्युनिस्ट नेताहरू हाल नेपालमा कतिवटा कम्युनिस्ट पार्टी छन् भन्ने सङ्ख्या नै यकिन नरहेको बताउनुहुन्छ । २००६ मा पुष्पलाल श्रेष्ठलगायतले स्थापना गर्नुभएको कम्युनिस्ट पार्टीमा फुटको शृङ्खला जारी रहँदा यस्तो अवस्था आएको हो ।

वि.सं. २००६ मा भारतको कोलकातामा रहनुभएका पुष्पलाल श्रेष्ठले नेपाली राष्ट्रिय कांग्रेसबाट राजीनामा दिनुभएको थियो । त्यसअघि २००५ चैत २३ गते उहाँले ।।। कम्युनिस्ट घोषणापत्र’ को नेपाली अनुवाद प्रकाशन गर्नुभएको थियो । नेपाल कम्युनिस्ट पार्टी २००६ वैशाख १० गते भारतकै कोलकातामा नेकपाको स्थापना भएको भए पनि भदौ ३० गते स्थापनाको जानकारी सार्वजनिक भयो । संस्थापक पुष्पलालसहित केन्द्रीय कमिटीमा मनमोहन अधिकारी, तुलसीलाल अमात्य, शैलेन्द्रकुमार उपाध्याय, डीपी अधिकारी र अयोध्या सिंह हुनुुहुन्थ्यो ।

स्थापनाकालदेखि नै विवादमा परेको कम्युनिस्ट पार्टी त्यसयता एकीकरण र मातृपार्टी कम्युनिस्ट विचार धाराबाट विचलित भएको भन्दै फुटको शृङ्खला चल्दै आएको छ । कम्युनिस्ट पार्टीमा पहिलो पटक केशरजङ्ग रायमाझीका कारण २०१९ मा फुट आएको थियो ।

कम्युनिस्ट पार्टीलाई एक बनाउने अभियान पनि बेलाबखत नभएको होइन तर एक हुने भन्दा फुट्ने प्रवृत्ति नै मौलाएको छ । निर्वाचन आयोगमा कम्युनिस्टकै नाममा दर्ता भएका पार्टी मात्र १४ वटा छन् । आयोगमा दर्ता भएका कुल दलको यो १२.५ प्रतिशत हो ।

यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।