हैजाबारे गम्भीर बन्न सरकारलाई स्वास्थ्य समितिको आग्रह « Imagekhabar – Online News Portal of Nepal
२४ श्रावण २०७९, मंगलवार | Tue Aug 9 2022


हैजाबारे गम्भीर बन्न सरकारलाई स्वास्थ्य समितिको आग्रह


0
Shares

काठमाडौं । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले हैजाबारे गम्भीर बन्न सरकारलाई आग्रह गरेको छ ।

सोमबार स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रतिनिधिहरुसँग छलफल गरेपछि समितिले सरकारलाई गम्भीर बन्न आग्रह गरेको हो ।

समितिमा औषधिको मूल्य वृद्धिका विषयमा पनि छलफल भएको थियो । समितिले गुणस्तरहीन औषधि खरिद नगर्न, उचित मूल्य समायोजन गर्न र म्याद गुज्रेका औषधि खरिद नगर्न सरकारलाई ध्यानाकर्षण गराएको छ ।

बैठकमा इपीडीमीयोलोजी एपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक चुमनलाल दासले हैजाबाट बच्न आम नागरिक नै सजग रहनुपर्ने बताउनुभयो । उहाँले अहिलेसम्म महाशाखाले परीक्षण गरेको ठाउँमध्ये ललितपुरको सानेपा र काठमाडौंको बागबजार, डिल्लीबजारको पानी प्रदुषित फेला परेको जानकारी दिनुभयो ।

निर्देशक दासले वागबजारमा देखिएको हैजाको प्रकृति गम्भीर रहेको भन्दै सरकारले हैजा फैलिनबाट रोक्न विभिन्न कदम चालिरहेको र अस्पतालहरुलाई तयारी अवस्थामा बस्न भनेको बताउनुभयो ।