चीनको बीआरआइलाई काउन्टर दिने जी सेभेनको घोषणा « Imagekhabar – Online News Portal of Nepal
२३ श्रावण २०७९, सोमबार | Mon Aug 8 2022


चीनको बीआरआइलाई काउन्टर दिने जी सेभेनको घोषणा


5.707k
Shares

काठमाडौं । जी सेभेन राष्ट्रहरुले चीनको बेल्ट एण्ड रोड योजनालाई काउन्टर दिनका लागि ६ सय विलियन डलर खर्च गर्ने भएका छन् ।

जर्मनीमा आयोजित जी सेभेनको शिखर सम्मेलनले द पार्टनरशीप फर ग्लोबल इन्फ्रास्टक्चर एण्ड इन्भेष्टमेन्ट पीजीआइआई–नाम दिइएको योजना सार्वजनिक गर्दै उक्त रकम खर्च गर्ने घोषणा गरिएको हो । सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेनले पीजीआइआई योजना सबैका लागि हुने बताउनुभयो ।

सम्मेलनमा चीनको बीआरआइ योजनाले थुप्रै देशहरुलाई ऋणको पासोमा पारेको भन्दै आलोचना पनि गरिएको छ । यो कुनै सहयोग वा दान नभएकाे उहाँकाे भनाइ छ । यो एउटा विशुद्ध लगानी हो जसले सबैलाई फाइदा पुर्याउने उहाँकाे तर्क छ । पीजीआइआइले प्रजातन्त्रका लागि साझेदारी गर्दै ठोस उपलब्धि हासिलका लागि रकम खर्च गरिने पनि जी सेभेनका नेताहरुले बताएका छन् । आगामी पाँच वर्षमा ६ सय विलियन रकम जुटाएर निम्न तथा मध्य आय भएका देशहरुका पूर्वाधार आयोजनाहरुमा खर्च गर्ने बताइएको छ ।

योजनामा अमेरिका एक्लैले २ सय विलियन योगदान गर्ने घोषणा पनि गरेको छ भने युरोपेली युनियनले ३ सय विलियन युरो योगदान गर्ने घोषणा गरेको छ । चीनले बीआरआइ योजनामार्फत विभिन्न देशहरुमा पूर्वाधार क्षेत्रमा लगानी बढाउँदै गएपछि पश्चिमा देशहरु बीआरआईको काउन्टरमा उत्रिएका हुन् ।