२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


ट्रयाक खोलेको २८ वर्षपछि गल्याङ-चापाकोट सडक कालोपत्रे


1.391k
Shares

स्याङ्जा । स्याङ्जाको गल्याङ र चापाकोटलाई सडक सञ्जालमा जोडन २०४९ सालमा खोलिएको नयाँ ट्रयाक करिब २८ वर्षपछि कालोपत्रे गरिएको छ ।

गण्डकी प्रदेश भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयबाट विनियोजित बजेटबाट गल्याङ–चापाकोट सडकखण्डको लल्याङदेखि बारीचौरसम्म २८ वर्षपछि करिब ५ किलोमिटर सडक कालोपत्रे गरिएको हो । दैनिक ठूलो संख्यामा ठूला तथा साना सवारीसाधन सञ्चालन हुने उक्त सडक घाम लाग्दा निक्कै धुलो उड्ने र पानी पर्दा हिलाम्य हुने हुँदा स्थानीय आजित भएका थिए ।

मन्त्रालयले विनियोजन गरेको १३ करोड ३४ लाख बजेटमा लामा कान्तिपुर जेभी कन्स्ट्रक्सन काठमाडौँले ८ करोड ८१ लाख ४८ हजारमा सडक कालोपत्रे गर्ने जिम्मा लिएको थियो । ठेक्का सम्झौतासँगै कोभिडलगायतका कारणले समयमै काम सुरु गर्न नसकेपनि पछिल्लो समय कामले गति लिएको आयोजनाका इञ्जिनियर सुजन पोखरेलले जानकारी दिनुभयो ।

कुल २१ किलोमिटरमध्ये बाँकी १६ किलोमिटर सडक पनि कालोपत्रे हुँदै जाने पनि उहाँले बताउनुभएकाे छ ।