काठमाडौं, वैशाख १६ । नेपाली कांग्रसले वर्तमान ओली सरकारले खुलमखुल्ला राज्यसंरक्षित अपराधलाई प्रसय दिएको आरोप लगाएको छ ।
सरकारी वकिलको कार्यालय काठमाडौंले पनि सत्तारुढ दल नेकपाका सांसदद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ (किसान) र नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध अपहरणको जाहेरी दर्ता गर्न अस्वीकार गरेपछि कांग्रेसले यस्तो प्रतिक्रिया दिएको हो ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले अब सामान्य नागरिकले कसरी न्याय पाउने भन्ने गम्भीर प्रश्न खडा भएको बताए ।
संविधानको मर्मविपरीत न्यायपालिकामा समेत ओली सरकारले हस्तक्षेप गरेकोले राज्यसरक्षित अपराधकोविरुद्ध सबै एकजुट हुनपर्ने उनको भनाइ थियो ।
यस विषयमा पुनः विपक्षी दलहरुसँग छलफल गर्ने उनले बताए ।









प्रतिक्रिया दिनुहोस्