काठमाडौं । सरकारले चालू आर्थिक वर्षको जेठ मसान्तसम्ममा भन्सार बिन्दुबाट साँढे ४ खर्ब रुपैयाँ बराबर राजस्व संकलन गरेको छ ।
सरकारले आयात नियन्त्रण गर्ने नीति लिएपनि आयत र भन्सार दुवैमा वृद्धि भएको भन्सार विभागले जनाएको छ । विभागका अनुसार सरकारले जेठ मसान्तसम्ममा ४ खर्ब ४६ अर्ब रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ, जुन कुल राजस्वको ४७ प्रतिशत हो । सरकारले गत आवको जेठ मसान्तसम्ममा ९ खर्ब ४२ अर्ब रुपैयाँकाे राजस्व संकलन गरेको थियो।
सरकारले आयात नियन्त्रण गर्न केही वस्तुको आयातमा रोक लगाएपनि त्यसको असर भने नदेखिएको तथ्यांकले देखाएको छ ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्