पाँचथरमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते « Imagekhabar – Online News Portal of Nepal
१ भाद्र २०७९, बुधबार | Wed Aug 17 2022


पाँचथरमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते


117
Shares

पाँचथर । पाँचथरमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा कार चालक झापा जलथल–५ बस्ने वर्ष ४५ का प्रकाश बुढाथोकी रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको पाँचथर प्रहरी प्रमुख राकेश थापाले बताउनुभयो ।

दुर्घटनामा परेर एक जना घाइते रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

मेची राजमार्ग अन्र्तगत फाल्गुनन्द गाँउपालिका वडा न –३ पाङग्रेभीरमा झापाबाट फिदिमतर्फ आउँदै गरेको मे १ ज २७८४ नं.को कार आफै अनियन्त्रित भई सडकबाट ७०० मिटर तल खसि दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा पाँचथर फालेलुङ २ खुँगा बस्ने वर्ष ३५को भिष्म केरुङ रहेको प्रहरीले बताएको छ । केरुङलाई उपचारको लागी झापा पठाइएको प्रहरीले जनाएको छ ।