काठमाडौं उपत्यकामा १२ जनामा हैजा पुष्टि « Imagekhabar – Online News Portal of Nepal
२४ श्रावण २०७९, मंगलवार | Tue Aug 9 2022


काठमाडौं उपत्यकामा १२ जनामा हैजा पुष्टि


494
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा हालसम्म १२ जनामा हैजा पुष्टि भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले हालसम्म १२ जना बिरामीमा हैजा पुष्टि भएको जनाएको छ ।

पछिल्लो समय नैकापका बिरामीको आरडीटी परीक्षण पोजेटिभ देखिएको छ भने कल्चरल रिपोर्ट पनि पोजेटिभ देखिएको छ । हैजा आशंका गरिएका पाटनका एक जना बिरामीको कल्चर रिर्पोट आउन बाँकी छ । महाशाखाका अनुसार बागबजार, डिल्लीबजार, सानेपा, बालाजु, कपन र नैकप क्षेत्रमा हैजा देखिएको छ ।