काठमाडौं । सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि चरम विवादमा रहेको नेकपाको सचिवालय बैठक बोलाइएको छ ।
हिजो प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु बीच पटक पटक अनौपचारिक छलफल भएपछि सचिवालय बैठक बोलाइएको हो ।
पार्टीमा देखा परेको गतिरोध अन्त्यका लागि सचिवालय र स्थायी कमिटी बैठक बोलाउनुपर्ने विषयमा छलफल भएको र सचिवालय बैठकले नै स्थायी कमिटी बैठक बोलाउने विषयमा निर्णय गर्ने नेताहरुले बताएका छन् ।
सरकारले पार्टीमा छलफल नगरी अध्यादेश ल्याएको भन्दै प्रधानमन्त्री ओलीको सर्वत्र आलोचना भएको थियो । आलोचापछि सरकारले उक्त अध्यादेश फिर्ता लिइसकेको छ ।









प्रतिक्रिया दिनुहोस्