Logo १३ चैत्र २०८२, शुक्रबार | Sat Mar 28 2026


ओखलढुङ्गाको सिद्धिचरण नगरको बजेट ८१ करोड ६ लाख


195
Shares

ओखलढुङ्गा । जिल्लाको सिद्धिचरण नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ८१ करोड ६ लाख २३ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ ।

१० औं नगरसभामा प्रस्तुत गरिएको बजेटमा सामाजिक विकासतर्फ ४५ करोड ३३ लाख, सुशासन तथा संस्थागत विकासतर्फ १३ करोड ४० लाख, आर्थिक विकास तर्फ ११ करोड २८ लाख, पूर्वाधार विकासमा १० करोड ६६ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

नगरसभामा नगरपालिकाका मेयर तेजेन खनालले बजेट प्रस्तुत गर्दै वन वातावरण तथा विपद् व्यवस्थापनमा ३७ लाख विनियोजन गरिएको जानकारी गराउनुभयो ।

साना किसानलाई हाट कर छुट दिने, सबै वडाहरूमा २ वर्षभित्र विद्युत विस्तार गर्ने, ३ वर्षभित्र सबै क्षेत्रमा खानेपानी पुर्‍याउने र सामाजिक सुरक्षा भत्तालाई बैंकसँगको सहकार्यमा गाउँमै वितरण गर्ने विषय पनि बजेटमा समेटिएको छ ।