उद्योग परिसंघले ‘नेपाल स्टार्टअप फेस्ट २०२२’ आयोजना गर्ने « Imagekhabar – Online News Portal of Nepal
२० असार २०७९, सोमबार | Mon Jul 4 2022


उद्योग परिसंघले ‘नेपाल स्टार्टअप फेस्ट २०२२’ आयोजना गर्ने


91
Shares

काठमाडौं । नेपाल उद्योग परिसंघले आउँदो शनिबार काठमाडौंमा नेपाल स्टार्टअप फेस्ट २०२२ आयोजना गर्ने भएको छ ।

परिसंघको युवा उद्यमी मञ्चले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर युवा उद्यमीलाई प्रोत्साहन गर्ने उद्दश्यले नेपाल स्टार्टअप फेस्ट २०२२ आयोजना गर्ने बताएको हो ।

असार ११ गते काठमाडौंको सोल्टी होटलमा हुने स्टार्टअप फेस्टमा राष्ट्रिय योजना आयोग, युवा तथा साना व्यवसायी स्वरोजगार कोष, नेपालस्थित भारतीय राजदुतावासको सहयोग रहेको छ ।

स्टार्टअप फेस्टमा छनोट भएकामध्ये १० वटा प्रश्तावलाई प्रश्तुती गर्ने अवसर दिइनेछ भने पुँजी लगानीको अवसर पनि दिने आयोजकले बताएको छ ।

यसअघि स्टार्टअपहरूलाई लगानीका लागि आवेदन पेश गर्न जेठ २७ गतेसम्मको समय अवधि दिएकोमा देशभरबाट ३ सय बढी परियोजना प्रश्ताव आएको थियो ।

जसमध्ये १० वटालाई प्रस्तुति गर्ने अवसरका दिनुका साथै पुँजी तथा प्रविधिक सहयोग गर्ने तथा लगानीकर्तालाई उत्कृष्ट परियोजनामा लगानीको अवसर दिने आयोजक नेपाल उद्योग परिसंघले बताएको छ ।

स्वदेशमै नयाँ उद्यम गर्न चाहने युवाहरूलाई व्यवसायमा ल्याउने विश्वासका साथ आयोजना गर्न लागिएको मेलामार्फत करिव ५० करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता गरिने पनि आयोजक परिसंघले बताएको छ ।

कार्यक्रममा स्वदेशी एवं विदेशी विज्ञहरुबाट स्टार्टअप विषयमा प्रस्तुति हुनुका साथै प्यानल डिस्कशन, रोबोटिक फुटबल, लाइभ म्युजिक कन्सर्ट पनि हुनेछ । यसका साथै, ४० बढी स्टार्टअप्सले आफ्नो वस्तु तथा सेवाको प्रदर्शनी गर्नेछन् ।