कास्कीमा भूकम्पको धक्का « Imagekhabar – Online News Portal of Nepal
१८ असार २०७९, शनिबार | Sat Jul 2 2022


कास्कीमा भूकम्पको धक्का


299
Shares

काठमाडौं । कास्कीमा बिहीबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ ।

बिहान ३ बजेर ५६ मिनेटको समयमा ४.९ रेक्टर स्केलको भूकम्प गएको हो ।

कास्कीको लुम्ले र धम्पुको बीचमा केन्द्रविन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का कास्की र आसपासका जिल्लामा महसुस भएको छ । भूकम्पले ठूलो धक्का दिए पनि क्षतिको कुनै भने विवरण आएको छैन् ।