खर्च विवरण नबुझाउने जनप्रतिनिधिलाई कारबाही सिफारिस गर्न आयोगको निर्देशन « Imagekhabar – Online News Portal of Nepal
१७ असार २०७९, शुक्रबार | Fri Jul 1 2022


खर्च विवरण नबुझाउने जनप्रतिनिधिलाई कारबाही सिफारिस गर्न आयोगको निर्देशन


104
Shares

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहका उम्मेदवारले खर्च विवरण नबुझाए कारबाही सिफारिस गर्न मातहतको कार्यालयलाई निर्देशन दिएको छ ।

स्थानीय तह निर्वाचन ऐन र नियमावलीको प्रावधानअनुसार परिणाम घोषणा भएको ३० दिनभित्र जिल्ला वा क्षेत्रीय निर्वाचन कार्यालयमा खर्च विवरण नबुझाउने उम्मेदवारलाई कारबाही सिफारिस गर्न आयोगले निर्देशन दिएको हो ।

स्थानीय तहको निर्वाचन वैशाख ३० मा भएको थियो । काठमाडौं महानगरपालिकाको सबैभन्दा ढिलो जेठ १२ मतपरिणाम घोषणा भएको थियो । यस अनुसार असार १२ भित्र सबै उम्मेदवारले खर्च विवरण बुझाइ सक्नुपर्ने आयोगले जनाएको छ ।

आयोगले सबैभन्दा बढी महानगरको प्रमुख र उपप्रमुखमा ७ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउने सीमा निर्धारण गरेको थियो । हालसम्म सम्बन्धित उम्मेदवारले कानुनबमोजिम बुझाउनु पर्ने निर्वाचन खर्चको विवरण बुझाए÷नबुझाएको एकिन गर्न निर्देशन दिएको छ ।

त्यसैगरी निर्वाचन खर्चको विवरण बुझाउने तथा नबुझाउने उम्मेदवारको विवरण छुट्टै तयार गरी आवश्यक कारबाहीको लागि सिफारिससहित आयोगमा पठाउन सबै निर्वाचन कार्यालयलाई निर्देशन दिएको आयोगले जारी गरेको निर्देशनमा उल्लेख छ ।