एन्फाका नव निर्वाचित पदाधिकारीको शपथ आज « Imagekhabar – Online News Portal of Nepal
२० असार २०७९, सोमबार | Mon Jul 4 2022


एन्फाका नव निर्वाचित पदाधिकारीको शपथ आज


169
Shares

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित कार्यसमितिका पदाधिकारीले आज बुधवार शपथ लिने भएका छन् ।

नवनिर्वाचित कार्यसमितिको पद तथा गोपनीयताको शपथ साँझ ५ बजे हुने भएको हो ।

शपथपछि नवनिर्वाचित अध्यक्ष पंकज बिक्रम नेम्वाङ लगायत अन्य पदाधिकारीले कार्यभार सम्हाल्नुहुनेछ ।

एन्फा नेतृत्वका लागि सोमबार भएको निर्वाचनमा नेम्वाङ अध्यक्षमा चयन हुनुभएको थियो । उहाँका प्रतिस्पर्धी तथा वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतान्तरले पराजित गर्दै नेम्वाङ अध्यक्षमा चुनिनुभएको थियो ।