Logo २१ असार २०८३, आइतबार | Sun Jul 5 2026


लकडाउनका बारेमा छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै


0
Shares

काठमाडौं । कोरोना भाइरसको महामारी नियन्त्रणका लागि भन्दै सरकारले एक महिनादेखि जारी लकडाउनका बारेमा छलफल गर्न मन्त्रिपरिषद् बैठक आज बस्दै छ ।

कोरोनाका नयाँ संक्रमितहरु देखा परिरहेका बेला लकडाउन बढाउने वा खुकुलो पार्ने भन्ने बारेमा आज छलफल हुने बताइएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले लकडाउनको बारेमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

हिजो बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन हटाउन नहुने निष्कर्ष निकालेको थियो ।

समितिले अझै एकसाता लकडाउन लम्व्याउन सरकारलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

यसका साथै सरकारले आन्तरिक तथा बाह्य हवाइ उडानमाथिको रोक पनि जेठ २ गतेसम्म कायम राख्ने निर्णय गरेको छ ।

अहिलेसम्म कोरोनाविरुद्ध सरकारले गरेको तयारी सफल भएको निष्कर्ष पनि निकालिएको छ ।

त्यस्तै काठमाडौं उपत्यकासहित सहरी क्षेत्रमा लकडाउन खुकुलो नबनाउने बरु हिमाली जिल्लामा परीक्षणका रूपमा केही खुकुलो बनाउन सकिनेबारे छलफल भएको छ ।

कोरोना भाइरस फैलिन नदिन भन्दै सरकारले चैत ११ गतेदेखि नेपालमा लकडाउन गरिरहेको छ । यसअघि लकडाउन तीन पटकसम्म थपिएको छ ।