Logo २२ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 6 2026


एन आई सी एशियाद्वारा घातक रोगको बीमा वापत ३ जनालाई ३० लाख बीमा रकम भुक्तानी


364
Shares

काठमाडौं । एन आई सी एशिया बैंकले घातक रोगको बीमा वापत ३ जना ग्राहक लाई ३० लाख रुपैयाँ बीमा रकम भुक्तानी गरेको छ ।

बैंकको सर्वश्रेष्ठ बचत खाता तथा न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता योजना अन्तर्गत बैंकमा उक्त बचत खाता खोलेका ३ जनालाई घातक रोगको बीमा वापत प्रतिव्यक्ति १० लाखको दरले कुल ३० लाख रुपैयाँ बीमा रकम भुक्तानी गरेको हो । बीमा लाभ प्राप्त गर्नेहरुमा बैंकको इलाम शाखामा सर्वश्रेष्ठ बचत खाता ‘एम्बेसडर’ श्रेणीको खाता खोलेकी रेनु देवि चौधरी, कुलेश्वर शाखामा सर्वश्रेष्ठ बचत खाता ‘केएमसी एम्बेसडर’ खोलेका पुष्कर सापकोटा र सामाखुसी शाखामा न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘डाइमण्ड’ श्रेणीको खाता खोलेकी बिमला दाहाल रहेका छन् । उनीहरुलाई बैंकले नेपाल इन्स्योरेन्स तथा नेको इन्स्योरेन्ससँगको सहकार्यमा बीमा रकम भुक्तानी गरेको हो ।

एन आई सीको बचत खातामा उपलब्ध बीमा सुरक्षण योजना अन्तर्गत हालसम्म देशभरका १ हजार ६० जना भन्दा बढी ग्राहकहरूले घातक रोग बीमा वापत २ करोड १० लाख, दुर्घटना बीमा वापत ४० लाख र मेडिकल बीमा वापत २ करोड ६१ लाख गरी कुल ५ करोड ११ लाख रुपैयाँ भन्दा बढी बीमा रकम प्राप्त गरिसकेका छन् ।

एनआईसी बैंक मुलुकभर रहेका ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।