
काठमाडौं । साताको दोस्रो दिन सोमबार बजारमा सुनको मूल्य बढेको छ भने चाँदी चाहिँ स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार २ सय रुपैयाँले बढेर ९७ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
तेजावी सुन प्रतितोलामा ९७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी प्रतितोला १ हजार २ सय ६५ रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्