१९ कार्तिक २०८१, सोमबार | Tue Nov 5 2024


स्याङ्जामा पहिराेको जोखिममा रहेको विद्युतकाे टावरकाे मर्मत सुरु


663
Shares

स्याङ्जा । कालीगण्डकी ए जलविद्युत वाट राष्ट्रिय प्रसारणमा जोडिएको हाईटेन्सन टावर र तार पहिरोका कारण जोखिम रहँदै आएकोमा मर्मत सुरु भएको छ ।

स्याङजाको सिद्धार्थ राजमार्ग अन्तर्गत गल्याङ नगरपालिका-११ तुल्सी भन्याङमा रहेको ३५ नम्वरको टावरलाई मर्मत सुुरू गरिएको हो । कालीगण्डकी विद्युत उत्पादनदेखि लेखनाथ शवस्टेसन पाेखरासम्म ९६ किलोमिटर दूरी रहेको छ भने १ सय ९० वटा विद्युतका टावर रहेका छन् । विगतका वर्षहरूमा त्रिपाल र बाँसको भरमा रोकथामको प्रयास गरिएको भएपनि यस वर्ष भने वर्षा सुरू नहुँदै मर्मत गर्न लागिएको पोखरा ग्रिड साखा प्रमुख माधव पौडेलले जानकारी दिनुभयो ।

सिद्धार्थराजमार्ग भन्दा २० मिटरमाथि रहेको उक्त टावर विगत ३ वर्ष अगाडि पहिरोका कारण जोखिममा रहेको थियो । टावर नजिकै स्थानीयको गाउँसमेत रहेको र घाँस दाउरा काट्न जाँदा सोही बाटो भएर जानुपर्ने हुँदा त्रसित हुनुपर्ने समस्या समाधान भएको छ । अव्यवस्थित ग्रामीण सडक निमार्ण गर्दा उक्त टावर जोखिममा रहँदै आएको थियो ।

१३३ के.बि प्रसारण लाईनमा रहेकोे टावर ढलेमा ठूलो क्षति हुने सम्भावना रहेकाे छ । राज मार्ग भन्दा माथि बनाइएको हाईटेन्सन टावर र तार नजिकैवाट पहिरो गएको देखेसँगै कतिबेला विद्युत टावर ढल्ने हो र क्षति पुर्याउने हो भन्नेमा राजमार्ग भएर यात्रागर्ने यात्रु समेत त्रसित देखिंदै आएकोमा समस्या समाधान हुनेभएकाे छ ।