१७ असार २०८२, मंगलबार | Wed Jul 2 2025


राष्ट्रिय साइक्लिङ प्रतियोगितामा हिमाल र उषा विजयी


104
Shares

पोखरा । पोखरा राष्ट्रिय साइक्लिङ प्रतियोगितामा पुरुषतर्फ हिमाल टमाटा र महिलातर्फ उषा खनाल विजयी भएका छन् ।

पोखरा महानगर खेलकुद विकास समितिको आयोजना, साइकल सिटी पोखरा र साइक्लिङ संघ कास्कीको सहआयोजनामा भएको प्रतियोगितामा नेपाल आर्मीका टमाटा र गोरखाकी उषा विजयी भएका हुन् ।

४५ किलोमिटर साइक्लिङमा पुरुष तर्फका टमाटाले २ घण्टा ३४ मिनेट १० सेकेण्डमा निर्धारित दुरी पार गरे ।

महिला तर्फ भने खानालले ३ घण्टा ८ मिनेट ४० सेकेण्डमा सो दुरी पार गरिन । पुरुषतर्फ एपीएफका लक्ष्मण मल्ल द्वितीय र कास्कीका हिक्मत विक तृतीय भए । महिलातर्फ नुवाकोटकी लक्ष्मी मगर द्वितीय र धरानकी इन्द्रकुमारी तामाङ तृतीय भए ।