Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम स्थगित


169
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम स्थगित गरेको छ ।

शुक्रबार अस्पतालका कार्यकारी निर्देशक डा. दिनेश काफ्लेले सूचना जारी गर्दै सरकारको स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रम वापतको रकम उपलब्ध नगराएकाले कार्यक्रम स्थगित गर्नुपरेको जनाउनुभएको छ ।

सूचनामा ‘यस अस्पतालबाट सञ्चालित स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत बिमितको उपचार सेवा गरेवापतको रकम स्वास्थ्य बीमा बोर्डले उपलब्ध नगराएकाले असार १५ गतेदेखि अर्को सूचना जारी नहुँदासम्मका लागि स्वास्थ्य बीमा कार्यक्रम स्थगित गरिएको छ’ भनिएको छ ।

अस्पतालले २०७७ मंसिर महिनादेखि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्दै आएको थियो ।

Skip This