Logo १ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026


‘नेपालका मन्त्री र सांसद्हरु’ सार्वजनिक


0
Shares

काठमाडौं, साउन २९ । वरिष्ठ पत्रकार भैरव रिसाल र भरतराज पोखरेलद्वारा लिखित ‘नेपालका मन्त्री र सांसद्हरु’ नामक पुस्तक मंगलबार सार्वजनिक गरिएको छ ।

रिसालको ९१औं जन्मदिनको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा पुस्तक सार्वजनिक गरिएको हो ।

पुस्तकमा वि.सं. २००७ देखि २०७५ सालसम्म बनेका मन्त्रीहरु तथा सांसदहरुको नामावली रहेको छ ।

यस्तै, प्रदेशका मन्त्री र सांसदहरुको नाम पनि पुस्तकमा समावेश छ ।

पत्रकारिता तथ अनुसन्धान क्षेत्रमा लाग्नेहरुका लागि पुस्तक उपयोगी हुने लेखक पोखरेलले बताए ।