
काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भक्तपुरका भूकम्प पीडितले पाउनुपर्ने अनुदानको दोस्रो र तेस्रो किस्ता नपाएको बताउनुभयो ।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सुवालले भूकम्प पीडितले पाउने अनुदानको किस्ता रोकिएको सम्बन्धमा अर्थमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।
उहाँले भन्नुभयो – ‘भुकम्प पीडितहरुको अनुदान दिने कार्यक्रम छ । पहिलो किस्ता पाएकालाई दोस्रो र तेस्रो किस्ता दिइएको छैन भक्तपुरमा । रोक लगाइएको छ । पुषमा माघमा लिन आउनु भन्नेभयो, माघमा जाँदा फागुनमा, फागुन पछि चैत, बैशाख, जेठ अहिले आएर असार पछि साउनमा आउने भनेर भुकम्प पीडितलाई आलटाल गरिएको छ । अर्थमन्त्रीज्यूले यस्तो आदेश दिनुभयो कि भक्तपुरका भुकम्प पीडितलाई दिनुपर्ने अनुदान रोक्ने दोस्रो र तेस्रो किस्ता । यो किन यस्तो भयो अर्थमन्त्रीज्यूलाई ध्यानाकर्षण गराउन चाहान्छु ।’
प्रतिक्रिया दिनुहोस्