सांसदका प्रश्नको जवाफ दिन प्रधानमन्त्री र मन्त्रीलाई राष्ट्रियसभाका अध्यक्षले रुलिङ गर्नुपर्छ : सांसद दिलकुमारी थापा « Imagekhabar – Online News Portal of Nepal
१५ असार २०७९, बुधबार | Wed Jun 29 2022


सांसदका प्रश्नको जवाफ दिन प्रधानमन्त्री र मन्त्रीलाई राष्ट्रियसभाका अध्यक्षले रुलिङ गर्नुपर्छ : सांसद दिलकुमारी थापा


78
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)की सांसद दिलकुमारी थापा (रावल)ले सांसदहरुले उठाएका सवालहरुको जवाफ दिनेगरी प्रधानमन्त्री र मन्त्रीलाई रुलिङ गर्न राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग माग गर्नुभएको छ ।

शुक्रबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद रावलले राष्ट्र, राष्ट्रियता, परराष्ट्र मामिला, जनसरोकारका विषयमा सांसदहरुले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्रीहरुलाई दिने गरी रुलिङ गर्न अध्यक्ष तिमिल्सिनासँग माग गर्नुभएको हो ।

उहाँले सांसदहरुले पछिल्ला दिनमा उठाएका सवालहरुबारे प्रधानमन्त्री देउवा आफैं बेखवर रहेको भन्दै आपत्ति जनाउनुभयो ।

सांसद रावलले सरकारले शैक्षिक सत्र सुरु भएको दुई महिना बढि हुँदा पनि विद्यालय तहको पाठ्यपुस्तक विद्यार्थीहरुको हातहातमा पुर्‍याउन नसकेको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

सांसद रावलले मनसुन सुरु हुनु अघिनै विपद व्यवस्थापनका लागि गर्नुपर्ने तयारी समेत सरकारले नगरेको गुनासो गर्नुभयो ।