Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


संसद बैठक आज पनि बस्दै


130
Shares

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज शुक्रबार पनि बस्ने भएको छ ।

प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने संसद सचिवालयले जनाएको हो ।

बैठकमा अर्थ समितिका सभापति कृष्ण प्रसाद दाहालले ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७९’ र ‘बीमा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७९’ पेस गर्ने सम्भावित कार्यसूची छ ।

यस्तै, गृहमन्त्री बालकृष्ण खाणले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने, त्यसपछि विधेयक प्रस्तुत गर्ने, ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने र सो विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको सचिवालयले जनाएको छ ।

गृहमन्त्रीले नै ‘नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय (पहिलो संशोधन) विधेयक, २०७९’ लाई प्रस्तुत गर्ने कार्यसूची छ ।

यसैगरी, शुक्रबार बिहान ११ बजे राष्ट्रिय सभाको बैठक पनि बस्दैछ ।