काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन् ।
सरकारले अध्यादेश जारी गरेपछि उत्पन्न परिस्थितिका बारेमा छलफल गर्न आकस्मिक रुपमा बैठक बोलाइएको हो ।
केही बेरपछि बस्ने बैठकमा कोरोना भाइरसको महामारी रोकथामका प्रयास र अध्यादेश लगायतका विषयमा मन्त्रिपरिषद्मा छलफल हुने बताइएको छ ।
गत सोमबार सरकारले जारी गरेका दुई अध्यादेशबारे आफ्नै पार्टीभित्र समेत विरोध भइरहेको सन्दर्भमा मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएको हो ।
सत्तारुढ नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग हिजो भएको छलफलमा प्रधानमन्त्री ओलीले आफू अध्यादेश फिर्ता लिन तयार रहेको बताएका थिए ।
हिजो नै नेकपाका ६ जना सचिवालय सदस्यको बैठकले पनि अध्यादेश फिर्ता लिनुपर्ने माग गरेको थियो ।









प्रतिक्रिया दिनुहोस्