Logo २१ असार २०८३, आइतबार | Sun Jul 5 2026


प्रधानमन्त्री ओलीद्वारा कतारका प्रधानमन्त्रीसँग फोन वार्ता


0
Shares

काठमाडौं, वैशाख ११ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार साँझ कतारका प्रधानमन्त्रीसँग फोन संवाद गरी कतारमा रहेका नेपालीको सुरक्षा र कल्याणका विषयमा कुरा गरेका छन् ।

प्रधानमन्त्री ओलीले फोन संवादमा कतारमा विभिन्न आरोपमा गिरफ्तारमा परेका १७ नेपालीलाई रिहाइ गरेकाप्रति खुसी व्यक्त गर्दै धन्वयाद दिएका छन् ।

प्रधानमन्त्री ओलीले ट्वीटरमा लेखेका छन्–‘कतारका प्रधानमन्त्रीसँग फोन संवाद गरें । मैले त्यहाँ रहेका नेपालीको सुरक्षा र कल्याणकाबारेमा चासो राखें । कतारका प्रधानमन्त्रीले त्यहाँ रहेका नेपालीकोबारेमा चिन्ता नलिन आग्रह गर्नुभयो । मैले विभिन्न आरोपमा गिरफ्तार १७ नेपालीको रिहाइप्रति खुसी व्यक्त गर्दै धन्यवाद दिएँ ।’

कोरोनाभाइरसको संक्रमण विश्वभरि नै फैलिँदै गएपछि यसअघि पनि प्रधानमन्त्री ओलीले विभिन्न देशका प्रधानमन्त्री तथा राष्ट्रप्रमुखसँग संवाद गरी आफ्ना नागरिकको सुरक्षा र कल्याणको विषयमा कुराकानी गरिरहेका छन् । रासस