अदालतको आदेशले कालोसूचीमा रहेका ठेकेदारलाई कारबाही गर्न सकिएन : मन्त्री यादव « Imagekhabar – Online News Portal of Nepal
१४ असार २०७९, मंगलवार | Tue Jun 28 2022


अदालतको आदेशले कालोसूचीमा रहेका ठेकेदारलाई कारबाही गर्न सकिएन : मन्त्री यादव


182
Shares

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रणुकुमारी यादवले अदालतको आदेशका कारण कालोसूचीमा रहेका ठेकेदारहरुलाई कारबाही गर्न नसकिएको स्पष्टिकरण दिनुभएको छ ।

मन्त्री यादवले अदालतको आदेशकै कारण हुलाकी राजमार्गको हजारौं ठाउँको काममा अवरोध भईरहेको पनि स्पष्ट पार्नुभयो । बुधबार मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले अदालतले कुरै नबुझि आदेश दिएका कारण कालोसूचिमा रहेका ठेकेदारहरुले उन्मुक्ति पाउने गरेको गुनासो गर्नुभयो ।

मन्त्री यादवले हुलाकी राजमार्ग निर्माणका लागि जग्गाको मुआब्जाको विषयमा अदालतले आदेश दिएकाले त्यहाँको हजारौं ठाउँको काम अघि बढन नसकेकोतर्फ पनि सांसदहरुको ध्यानाकर्षण गराउनुभयो ।

मन्त्री यादवले जग्गा मुआब्जाको विषय भौतिक पूर्वाधारको विकासका लागि धेरै ठूलो समस्या भएको बताउनुभयो ।