रुकुम पूर्व र रोल्पामा भूम्या पर्व मनाइँदै « Imagekhabar – Online News Portal of Nepal
१३ असार २०७९, सोमबार | Tue Jun 28 2022


रुकुम पूर्व र रोल्पामा भूम्या पर्व मनाइँदै


104
Shares

काठमाडौं । मगर समुदायको बाहुल्य जिल्ला रुकुम पूर्व र रोल्पामा बुधबार भूम्या पर्व मनाइँदैछ ।

हरेक वर्ष असारको पहिलो साता मनाइने यस पर्वमा मगर समुदायले पुर्ख्यौली पुजा–पाठ र मौलिक कला संस्कृति प्रस्तुत गर्ने गर्दछन् ।

दसैंमा जस्तै निम्तालु आदान–प्रदान, खानपिन र हर्ष उल्लासका साथ भुम्या पर्व मगर समुदायले मनाउँदै आएका छन् ।

रुकुम–रोल्पालीहरुको बाक्लो बस्तीमा अन्नबालीको राम्रो उब्जनी, प्राकृतिक विपत्तिबाट मुक्ति, घर परिवारमा सुस्वास्थ्यको कामना गर्दै सबै समुदायबीच सदभावका साथ यो पर्व मनाउने गरिएको छ ।

लुम्बिनी प्रदेश सरकारले रोल्पा र रुकुम पूर्वमा बुधबार भूम्या पवको अवसरमा सार्वजनिक बिदा दिएको छ ।