Logo १५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026


तनहुँको मासु बजारमा बैंक अफ काठमाण्डूद्वारा डिजिटल भुक्तानी सेवा शुरु


78
Shares

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो डिजिटल भुक्तानी (क्यूआर कोड) लाई तनहुँको मासु बजारमा पनि बिस्तार गरेको छ ।

बैंकले क्यूआर कोड विस्तारित गर्नेक्रममा तनहुँ मासु व्यवसायी समितिको व्यवस्थापन रहेको व्यास नगरपालिका वडा नम्बर –३ स्थित दमौलीमा अवस्थित थोक तथा खुद्रा मासु बजारमा एक कार्यक्रमकाबीच डिजिटल भुक्तानी सेवाको शुरुवात गरेको हो । सो कार्यक्रमको औपचारीक उद्घाटन तनहुँ मासु व्यवसायी समितिका अध्यक्ष जीवन शाही तथा बैंकको गण्डकी प्रदेश प्रमुख ईश्वरी प्रसाद जोशीबाट संयुक्त रुपमा भएको थियो ।

तनहुँ मासु व्यवसायी समितिद्वारा ३२ वटा भन्दा बढि थोक तथा खुद्रा पसलबाट माछा तथा मासुहरुको खरिद बिक्री भईरहेको छ । बैंक अफ काठमाण्डूले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने क्रममा बैंकले डिजिटल कारोबारको लागि रणनीतिक महत्व भएका स्थानहरु छनौट गरी क्यूआर कोड सेवा संचालनमा ल्याइरहेको छ । बैंकले यस अघि बिभिन्न स्थानमा क्यूआर कोड सेवा संचालनमा ल्याइसकेको छ ।