Logo १ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026


समसामयिक विषयमा सरकारको ध्यानाकर्षण


0
Shares

काठमाडौं, साउन २९ । राष्ट्रियसभाका सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

मंगलबार बसेको बैठकमा सांसदहरुले बाढीपीडितलाई राहत तथा जोखिम बस्तीको स्थान्तरण गर्न, हत्या–हिंसाका घटना नियन्त्रण गर्न र सडकमा रहेका खाल्डा तत्काल पुर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सांसदहरुले बाढी र डुबानमा पीडित जनताले सरकारबाट राहतसमेत पाउन नसकेको भन्दै तत्काल राहत वितरण गरी पीडित परिवारलाई पुनःस्थापना गर्न माग गरेका छन् ।

सांसद अनिता देवकोटाले कन्चनपुरमा बालिका बलात्कारपछि हत्या गरिएको घटनाका दोषीलाई कानुनी दायरामा ल्याउन नसकेको भन्दै सरकारको आलोचना गरिन् ।

यस्तै, सांसदहरुले काठमाडौंको काँडाघारीमा ११ वर्षीय बालकको अपहरणपछि हत्या र प्रहरी ‘इन्काउन्टर’को विषयमा सरकारले तत्काल आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने माग गरेका थिए ।