एक दशकदेखि अस्पताल बन्द « Imagekhabar – Online News Portal of Nepal
१३ असार २०७९, सोमबार | Tue Jun 28 2022


एक दशकदेखि अस्पताल बन्द


0
Shares

बझाङ । बझाङ्गको छविसपाथिभेरा गाँउपालिकामा विदेशी दाताको सहयोगमा स्थापना भएको डोब्रा सामुदायिक अस्पताल डाक्टर र कर्मचारीको अभावमा एक दशकदेखि बन्द छ ।

२०६६ सालमा जापानी राजदुतावासको ६१ लाख ५० हजार रुपैयाँ सहयोग तथा तत्कालिन ब्याँसी गाँउ विकास समितिको ७० हजार, मटेला गाँउ विकास समितिको ३ लाख र स्थानीयको ५० लाख रुपैयाँ भन्दा बढीको जन श्रमदानबाट निर्माण भएको अस्पताल ३ वर्ष मात्रै सञ्चालनमा आएपछि बन्द भएको हो ।

अस्पताल बन्द भएपछि लाखौं मुल्य पर्ने संरचना र उपकरणहरु कवाडीमा परिणत भएका छन् ।

अस्पतालमा एक जना पनि डाक्टर र कर्मचारी नभएपछि अस्पताल बन्द भएको हो ।

अस्पताल बन्द भएपछि छविस पाथिभेरा गाँउपालिकाका बासिन्दा सामान्य स्वास्थ्य उपचारका लागि पनि सदरमुकाम धाउनु पर्ने बाध्यता छ ।