Logo २१ असार २०८३, आइतबार | Sun Jul 5 2026


अन्तत फुट्यो समाजवादी पार्टी


0
Shares

काठमाडौं । समाजवादी पार्टीकी उपाध्यक्ष रेणु यादवको नेतृत्वमा पार्टी फुटाउने निर्णय भएको छ ।

हिजो राति नै सांसदसमेत रहेकी यादवको नेतृत्वमा समाजवादी पार्टी फुटाएर नयाँ पार्टी बनाउन अरु सात सांसद जुटेका थिए ।

यादवसहित सांसद महम्मद इस्तियाक राई, प्रदिप यादव, उमाशंकर अरगरीया, कलुदेवी विश्वकर्मा, सुरेन्द्र यादव र रेणुका गुरुङ पार्टी फुटाउने पक्षमा उभिएका हन् ।

समाजवादी फोरमका प्रतिनिधि सभामा १७ जना सांसद छन् ।

पार्टी फुटाउने पक्षकाले केन्द्रीय समितिमा ४० प्रतिशत पुर्याउन नसक्ने भएपछि सरकारले राजनीतिक दलसम्बन्धी ऐनमा रहेको केन्द्रीय समिति र संसदीय दलमा ४०,४० प्रतिशत सदस्यको समर्थन हुनुपर्ने ऐन नै संशोधन गर्न अध्यादेश ल्याएको थियो ।