फिदिममा सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि ४१ बुँद्धे प्रतिवद्धता पत्र जारी « Imagekhabar – Online News Portal of Nepal
१९ असार २०७९, आईतवार | Sun Jul 3 2022


फिदिममा सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि ४१ बुँद्धे प्रतिवद्धता पत्र जारी


78
Shares

पाँचथर । फिदिम नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न ४१ बुँद्धे प्रतिवद्धता पत्र जारी गरेकाे छ।

साेही नगरपालिकाले नगरका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न सरोकारवालाहरुसँग छलफल तथा अन्तक्रिया कार्यक्रम गर्न समेत सुरु गरेको हाे । फिदिममा जनप्रतिनिधि र नगरका विभिन्न सामुदायिक विद्यालयका प्रधानाध्यापक (प्रअ) बीच छलफल अन्तक्रिया कार्यक्रमको आयोजना गरिएको छ । शैक्षिक क्षेत्रको गुणस्तर सुधार्नका निम्ति प्रअहरुको राय, सल्लाह सुझाव लिँदै २ वटा निर्णय र ४१ बुँद्धे प्रतिवद्धता पत्र जारी गरिएकोे फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले बताउनुभयो । सरोकारवालाहरुबीचको छलफलपछि शैक्षिक क्षेत्रको गुणस्तर सुधारको निम्ति दुई वटा निर्णय र सो अन्तर्गत ४१ बुँद्धे प्रतिवद्धता पत्र जारी गरिएको छ ।

विद्यालयको भौतिक पूर्वाधार निर्माण गर्न भूगोल र आवश्यकताको पहिचान गरी प्राथमिक्ताको आधारमा नगर शिक्षा समितिले सिफारिस गरी फिदिम नगरपालिकाको कार्यपालिका बैठकबाट निर्णय गरी विज्ञ समिति गठन गरी डि.पी.आर. तयार गर्ने निर्णय गरिएको साेही नगरकी उपप्रमुख राधाकृष्ण न्यौपानेले बताउनुभयो । विद्यालयको गुणस्तरीय शिक्षाको लागि ४१ बुँद्धे प्रतिवद्धता पत्र कार्यान्वयन गर्न सबै विद्यालयका प्रअहरुले सहमति जनाई हस्ताक्षर गरेको फिदिम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश दाहालले बताउनुभएकाे हाे ।

विद्यालय अनिवार्य रुपमा २ सय २० दिन खोल्ने र न्यूनतम १ सय ९२ देखि २ सय १० दिन पठनपाठन गर्न लगाउने, विद्यालय परिसर तथा कक्षाकोठामा शैक्षिक प्रेरणामूलक उद्गारहरुको लेखन गर्ने, शैक्षिक उन्नतिको लागि प्रत्येक शिक्षकहरुले एक शैक्षिक सत्रमा कम्तिमा एउटा कार्यमूलक अनुसन्धान तथा अध्ययन गर्ने गराउने निर्णय गरिएको फिदिम नगर शिक्षा शाखाका प्रमुख निर्मला दाहालले बताउनुभयो ।

विद्यालयलाई यातना मुक्त बालमैत्री बनाउने, विद्यालयलाई शान्ति क्षेत्र कायम गरी बन्द हड्ताल मुक्त विद्यालय बनाउने, प्राविधिक शिक्षालाई प्राथामिक्ता दिँदै अबको शिक्षा आफू पनि बच्ने अरुलाई पनि बचाउने बनाउने लगायतका ४१ बुँद्धे प्रतिवद्धता पत्रमा समेटिएको फिदिम नगर प्रमुखका स्वकीय सचिव भीम कार्कीले जानकारी दिनुभयो ।