मुगुमा यार्सा संकलनबाट ३१ लाख राजस्व संकलन « Imagekhabar – Online News Portal of Nepal
१७ असार २०७९, शुक्रबार | Fri Jul 1 2022


मुगुमा यार्सा संकलनबाट ३१ लाख राजस्व संकलन


104
Shares

काठमाडौं । मुगुमा यार्सा संकलनबाट मात्रै यस वर्ष ३१ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।

पाटन क्षेत्रमा यार्सा टिप्न जाने जिल्लाभित्रका बासिन्दाबाट प्रति व्यक्ति २ हजार र जिल्ला बाहिरबाट आएका व्यक्तिबाट प्रति व्यक्ति २ हजार ५ सयका दरले राजस्व संकलन गर्दा ३१ लाख जम्मा भएको हो ।

यार्साबाट उठेको कुल राजस्वमध्ये २० प्रतिशत व्यवस्थापन खर्च, ४० प्रतिशत सम्बन्धित वडा कार्यालयमा र बाँकी ४० प्रतिशत गाउँपालिकामा जम्मा हुने गरेको छ ।

विगत वर्षहरुमा ६० लाखदेखि १ करोडसम्म यार्साबाट राजस्व संकलन हुने गरेको थियो भने यस पटक स्थानीय निर्वाचनका कारण राजस्वमा कमी आएको हो ।