Logo १२ असार २०८३, शुक्रबार | Sat Jun 27 2026


एमाले बाहेक अरु दलले देशलाई विकसित बनाउन सक्दैन : अध्यक्ष ओली


351
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी बाहेकका अन्य कुनै पनि दलले देशलाई विकसित, सभ्य र आधुनिक बनाउन नसक्ने दाबी गर्नुभएको छ ।

अध्यक्ष ओलीले एमालेबाहेक अन्य दलले मुलुकलाई समृद्ध बनाउन सक्दैनन् भन्नु सत्य कुरा भएको जिकीर समेत गर्नुभयो ।

स्थानीय तह निर्वाचनमा पार्टीको पक्षमा जनमत निर्माण गर्न सहयोग गरेका कलाकारहरुको सम्मानमा शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले राजनीतिभन्दा माथि उठेर कुरा गर्ने हो भने पनि मुलुकलाई भ्रष्टाचारमुक्त बनाउन, विकासको बाटोमा अघि बढाउन एमाले बाहेकका अन्य शक्तिले नसक्ने बताउनुभयो ।

एमाले जस्तो देशको हितमा मरिमेटेर लाग्ने पार्टी नेपालमा अरु नभएको पनि अध्यक्ष ओलीले पटकपटक दोहोर्‍याउनुभयो । उहाँले एमाले बाहेक अन्य दलले ‘समृद्ध नेपालः सुःखी नेपाली’ भनेको सुन्नु भएको छ ? भनि प्रश्न समेत गर्नुभयो ।

अध्यक्ष ओलीले देशको भूभाग समेटेर नक्सा जारी गर्न, चीनतिरको नाका खुलाउन, तराईमा डुबान भएको जमिन खोल्न, मिचिएको सीमा समस्या समाधान गर्न एमालेनै चाहिएको भन्दै अरु पार्टीहरुले त्यो गर्न नसक्ने बताउनुभयो । उहाँले आफ्नो पार्टीलाई मुलुकको अहित भएको सैह्य नहुने चेतावनी समेत दिनुभयो । सबै नेपालीले देशलाई माया गरिदिए हुने अध्यक्ष ओलीले बताउनुभयो ।