Logo १ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026


चीन र भारतसँग नेपालको सम्बन्ध प्रगाढ छः सभामुख महरा


0
Shares

काठमाडौं । सभामुख कृष्णबहादुर महराले छिमेकी राष्ट्र चीन र भारतसँग नेपालको सम्बन्ध प्रगाढ रहेको र यो निरन्तर रहने धारणा ब्यक्त गरेका छन् ।

भारतको ७२ औं स्वतन्त्रता दिवसको उपलक्ष्यमा राजधानीमा गरिएको कार्यक्रममा सभामुख महराले १२ बुँदे सहमति गर्न भारतले सहजीकरणको भूमिका निर्वाह गरेको स्मरण गर्दै भारतको सहयोगका कारण दुई देशबीचको सम्बन्ध बलियो भएको पनि बताए ।

उनले देश विकासका लागि छिमेकी राष्ट्रहरुसँग सम्बन्ध बिस्तारका लागि राजनीतिक र जनस्तरबाट पहल गर्नुपर्ने बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेपाल र भारतको सम्बन्ध सदियौंदेखि प्रगाढ रहेको भन्दै यसलाई निरन्तरता दिन भारतको भूमिका सह्रानीय रहेको बताए ।

कार्यक्रममा भारतीय राजदूत मञ्जिवसिंह पुरीले नेपाल र भारतबीच राजनीतिका साथै आर्थिक र कूटनैतिक सम्बन्ध पनि उच्च रहेको धारणा ब्यक्त गरे ।