Logo ३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026


बजेटबारे सांसदहरुले उठाएका सबै कुरा सरकारले सम्बोधन गर्छ : डिला संग्रौला


130
Shares

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौलाले आगामी आर्थिक वर्षको बजेटबारे सांसदहरुले उठाएका सबै कुरा सरकारले सम्बोधन गर्ने दाबी गर्नुभएको छ ।

शुक्रबार संसद भवन नयाँबानेश्वरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा सांसद संग्रौलाले कर बढेकोलगायतका विषयमा सभामुख अग्नीप्रसाद सापकोटाले सरकारलाई रुलिङ गर्नुभएकोले त्यस्ता विषय कार्यान्वयन गरेर जान सम्बन्धित मन्त्रीहरु समक्ष हुने विश्वास समेत व्यक्त गर्नुभयो ।

उहाँले बजेट राम्रो आएकाले त्यसको कार्यान्वयनमा ढिलाई नहुने तर्क समेत गर्नुभयो ।

सांसद संग्र्रौलाले बजेटले आयात प्रतिस्थापन गरेर मुलुकको अर्थतन्त्रलाई दिगो बनाउन कृषि क्षेत्रको विकासमा जोड दिएको पनि बताउनुभयो ।