२० कार्तिक २०८१, मंगलबार | Tue Nov 5 2024


मुग्लिन-आँबुखैरेनी सडक एकतर्फी सञ्चालनमा, ठूला सवारी साधन चार दिन नचल्ने


416
Shares

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–आँबुखैरेनी सडकखण्ड एकतर्फी सञ्चालनमा ल्याइएको छ ।

तनहुँको आँबुखैरेनी गाउँपालिका–४, साँखरस्थित पावर हाउस नजिक वर्षाका कारण शुक्रबार बिहान सडक भासिएका कारण ठूला सवारीको आवागमनमा रोक लगाइएको हो ।

सडक भासिदा सो ठाउँमा बा १० च ४६४९ नम्बरको कार र बा ३३ प १०८१ नम्बरको मोटरसाइकल पुरिएको थियो । सडक भासिएको स्थानमा २ वटा शव भेटिएको प्रहरीले जनाएको छ ।

मृतक दुई मध्ये एक जना गोरखाको सिरानचोक गाउँपालिका छोप्राकका केशव घिमिरले भएको प्रहरीले बताएको छ । अर्को शवको भने पहिचान खुलेको छैन । भासिएको सडकको भित्तोतर्फको भाग काटेर सडक फराकिलो बनाउन लागिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

एकतर्फी रुपमा साना सवारी साधनमात्रै सञ्चालन गर्न मिल्ने भएकाले भित्तोतर्फको भाग काटेर सडक फराकिलो बनाउन लागिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।

तनहुँ प्रहरीका अनुसार सडक विभागले भित्तो काटेर सडक फराकिलो बनाउनुपर्ने बताएका कारण कम्तीमा ४ दिनका लागि ठूला सवारीको आवागमन रोकेर सडक फराकिलो बनाउन लागिएको हो ।