सरकार किसानले मल पाउँछन् कि पाउँदैनन् ? : विमला बिक « Imagekhabar – Online News Portal of Nepal
१७ असार २०७९, शुक्रबार | Fri Jul 1 2022


सरकार किसानले मल पाउँछन् कि पाउँदैनन् ? : विमला बिक


65
Shares

काठमाडौं । प्रतिनिधि सभा सदस्य विमला बिकले किसानले मल पाउँछन् कि पाउँदैनन् भनेर सरकारलाई प्रश्न गर्नुभयो ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रतिनिधि सभा सदस्य विमला बिकले सरकारले मल दिन नसके किसानले सिमा पारिबाट ल्याएको मल नखोस्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘म सरकारलाई सोध्न चाहान्छु किसानले मल पाउँछन् कि पाउँदैनन् ? यदी किसानले मल पाउँदैनन् भने किसानले टाउकोमा बोकेर सिमा पारीबाट ल्याएको मल खोसेर बहादुरी कमाउने काम नगरियोस् ।’