Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


कोरोना कहरः युरोपमा मात्र एक लाख बढीको मृत्यु


0
Shares

जेनेभा, वैशाख ९ । कोरोनाभाइरस महामारीबाट विश्व नै आक्रान्त भइरहेपनि यसबाट सबैभन्दा बढी असर युरोपेली मुलुकहरुमा देखिएको छ ।

युरोपेली मुलुकहरुमा मात्र एक लाख चार हजारभन्दा बढी मानिसको मृत्यु भएको छ ।

विश्वमा हाल संयुक्तराज्य अमेरिका, इटाली, फ्रान्स, स्पेन, बेलायत, चीन, बेल्जियमसमेतका मुलुकमा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयकाअनुसार नेपाली समयअनुसार मंगलबार मध्याह्नसम्ममा युरोपमा ११ लाख १९ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।

कोरोना संक्रमणको महादेशीय स्थिति

क्र.सं. महादेश             कुल संक्रमित  निको भएका  कुल मृत्यु

१. युरोप                      ११,१९,६७६  ३,२६,२४९   १,०४,५७९

२. उत्तर अमेरिका          ८,५२,३०८    ८९,१६३     ४५,४७६

३. एसिया                     ३,९८,७२९   १,८७,०३६  १५,१६६

४. दक्षिण अमेरिका          ८६,५९२      ३७,९४०    ४,०८२

५. अफ्रिका                    २४,२०९      ६,४७१      १,१६४

६. ओसेनिया (अस्ट्रेलिया)    ८,१८६       ५,७३०       ८४

                 विश्वभर      २४,९०,४२१  ६,५३,२३३  १,७०,५६६