
काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलमा पोर्चुगल र स्पेन विजयी भएका छन् । पोर्चुगलले चेक रिपब्लिकलाई तथा स्पेनले स्वीट्जरल्यान्डलाई पराजित गरेका हुन् ।
बिहीबार राति भएको खेलमा पोर्चुगलले चेक रिपब्लिकलाई २–० ले हराएको हो । आफ्नै देशमा भएको खेलमा पोर्चुगललाई विजयी गराउन हुवाँ क्यान्सेलो र गोन्कालो गुएडेजले एक एक गोल गरे ।
खेलको ३३ औं मिनेटमा कान्सेलोले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । त्यसपछि ३८ औं मिनेटमा गुएडेसले गोल गर्दै पोर्चुगललाई २–० को जित दिलाए ।
बिहीबार राति नै भएको अर्काे खेलमा स्पेनले स्विजरल्याण्डलाई १–० ले हराएको हो ।
स्पेनका लागि खेलको १३ औं मिनेटमा लोरेन्टको पासमा पाब्लो सराबियाले निर्णायक गोल गरेका हुन् ।
जितसँगै पोर्चुगलले समुह ए–२ मा अग्रता लिएको छ । तीन खेलबाट पोर्चुगलको सात अंक छ । समान खेलबाट ५ अंक जोडेको स्पेन दोस्रो स्थानमा रहँदा ४ अंक जोडेको चेक रिपब्लिक तेस्रो स्थानमा छ । पुछारमा रहेको स्विट्जरल्याण्डले भने अंक जोड्न सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्