अभिनेत्री शमिता शेठ्ठी र अभिनेता राकेश बापटबीच ब्रेकअप « Imagekhabar – Online News Portal of Nepal
१५ असार २०७९, बुधबार | Wed Jun 29 2022


अभिनेत्री शमिता शेठ्ठी र अभिनेता राकेश बापटबीच ब्रेकअप


2.327k
Shares

एजेन्सी । पछिल्लो केही दिनयता बलिउड अभिनेत्री शिल्पा शेट्टीकी बहिनी अभिनेत्री शमिता शेट्टी र अभिनेता राकेश बापटबीच ब्रेकअपको खबर बाहिरिएको छ ।

शमिता शेट्टी र राकेश बापटको पहिलो भेट रियालिटी ‘शो बिग बोस’ ओटीटीमा भएको थियो । यो शो बाट दुबैबीच प्रेम सम्बन्ध सुरू भएको थियो । जब रियालिटी शो समाप्त भयो, दुबै प्रायः पार्टी र डिनर डेटहरूमा सँगै देखिएका थिए । तर, अब दुबै एकअर्कासँग अलग भएका छन् ।

विगतमा पनि उनीहरूको ब्रेकअपको खबर आएको थियो । तर, शमिता शेट्टीले दुवै धेरै मिल्ने साथी भएको र कुनै पनि समाचारमा विश्वास नगर्न स्पष्ट पारेकी थिइन् । बिग बोसको समयमा शमिताले पनि यही वर्ष विवाह गर्ने बताएकी थिइन् । भारतीय सञ्चार माध्यमका अनुसार शमिता शेट्टी र राकेश बापट अलग भइसकेका छन् र दुवैले अझै पनि एकअर्कालाई सम्मान गर्छन् र मित्रता कायम नै छ ।

समाचारका अनुसार राकेश बापट पूनेमा बस्न चाहान्छन् भने शमिता राकेश आएर मुम्बईमा नै बसुन् भन्ने चाहान्छिन्, यसै विषयलाई लियर उनीहरूबीच विवाद बढेको थियो । सोही कारण उनीहरूको ब्रेकअप भएको हुनसक्ने बताइएको छ ।

उनीहरूले सँगै म्युजिक भिडियोमा पनि काम गरेका छन् । उक्त म्युजिक भिडियो केही दिनमै रिलिज हुँदैछ । यो सम्भवतः दुबैको अन्तिम स्क्रिन स्पेस साझेदारी हुनसक्ने अनुमान लगाइएको छ ।