२१ बैशाख २०८२, आइतबार | Mon May 5 2025


बढ्यो सुनको मूल्य


364
Shares

काठमाडौं । साताको पाँचौं दिन बिहीबार बजारमा सुनको मूल्य बढेको छ भने चाँदी चाहिँ स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ५ सय रुपैयाँले बढेर ९८ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।

तेजावी सुन प्रतितोलामा ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य भने बिहीबार स्थिर रहेर १ हजार २ सय ८० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।