Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


माओवादीमा पनि मन्त्री बदल्न दबाब


182
Shares

Barshman pun

काठमाडौं । नेकपा माओवादी केन्द्रमा पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ पठाउनुपर्ने आवाज उठेको छ। पार्टी पंक्तिबाट अध्यक्ष पुष्पकमल दाहालमाथि मन्त्री बदल्न चर्को दबाब परेको छ। मन्त्री फेर्ने र नफेर्ने विषयले माओवादीभित्र आन्तरिक विवाद सिर्जना भएको छ।

नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले पार्टीबाट सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरेपछि माओवादी केन्द्रमा पनि यो विषयले प्रवेश पाएको हो। सत्ता गठबन्धनमा आबद्ध अर्को जनता समाजवादी पार्टी (जसपा) नेतृत्वलाई पनि मन्त्री फेर्न दबाब परेको छ। सत्तासीन पार्टीभित्र मन्त्रीका आकांक्षी बढी भएकाले पुराना हटाएर नयाँ बनाउनुपर्ने आवाज उठेको हो।

माओवादी केन्द्रका नेता वर्षमान पुनले अहिले सरकारमा भइराखेका मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई पालो दिनुपर्ने आवाज पार्टीमा उठेको बताए। ‘नेकपा एकीकृत समाजवादीका साथीहरूले मन्त्री फेर्ने भनेपछि हाम्रोमा पनि बदल्न दबाब परेको छ,’ पुनले भने। पुनका अनुसार अन्य दलमा मन्त्री फेर्न दबाब परेपछि त्यसको असर माओवादीमा पनि परेको हो।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।